काठमाडौं : न्युरोड टीम एनआरटी तीन वर्षपछि ए डिभिजन लिगमा फर्केको छ।
राजधानीमा जारी बी डिभिजन लिग अन्तर्गत मंगलबार भएको लिगको अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई २-० ले हराउँदै एनआरटी शीर्ष डिभिजनमा उक्लेको हो।
एनआरटीको जितमा दुवै गोल विश्वजीत गुरुङले गरे। ए डिभिजनमा उक्लन एनआरटीलाई ड्र नै काफी थियो भने सातदोबाटोलाई जित नै आवश्यक थियो। यस्तो अवस्थामा एनआरटी जित हात पार्दै ए मा उक्लदा सातदोबाटो बी मै रहेने भएको छ।
जितपछि एनआरटीको १३ खेलबाट २८ अंक भएको छ। यसअघि नै च्यासल युथ क्लब ए डिभिजनमा बढुवा भइसकेको छ।
एनआरटीले सन् २०१३ १४ को सिजन नखेलेपछि स्वत बी डिभिजनमा घटुवा भएको थियो।
फोटो : एनआरटीको फेसबुकबाट