A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6980f3a19ddbb2.80042506): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6980f3a19ddbb2.80042506,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6980f3a19e2219.68188369): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6980f3a19e2219.68188369,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6980f3a1a1ee54.98578231): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6980f3a1a1ee54.98578231,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​कुपन सिस्टम हटेपछि सांसदको खानाबाटै जोगियो एकै महिनामा ५५ लाख
PahiloPost

Feb 3, 2026 | २१ माघ २०८२

​कुपन सिस्टम हटेपछि सांसदको खानाबाटै जोगियो एकै महिनामा ५५ लाख



रमेश वाग्ले

​कुपन सिस्टम हटेपछि सांसदको खानाबाटै जोगियो एकै महिनामा ५५ लाख

काठमाडौं : सांसदहरुले खाना र खाजाका लागि पाउँदै आएको कुपन सिस्टम हटेपछि संसद सचिवालयले भदौ महिनामा मात्र ५५ लाख रुपैयाँ खर्च कटौती गरेको छ।

संसद सचिवालयले जारी गरेको गतवर्ष र अहिलेको तुलनात्मक विवरणअनुसार यो वर्ष भदौ महिनामा मात्र ५५ लाख ५१ हजार ६ सय ६२ रुपैयाँ बचत भएको हो।

गतवर्ष संसद सचिवालयले सांसदहरुको खाना र खाजामा ५७ लाख ९७ हजार ४ सय  ६२ रुपैयाँ खर्चिएको थियो। तर यो वर्षको भदौमा भने २ लाख ४५ हजार ८ सय मात्र खर्च भएको हो।

सभामुख ओनसरी घर्तीले कुपन सिस्टम हटाउँदै सांसदहरुलाई बैठक भएको दिन दैनिक ४ सय खाजा/खानाका लागि दिने निर्णय लिएकी थिइन्। कुपन सिस्टम हटेपछि अहिले संसदीय समितिको बैठकहरुमा 'सेल्फ सर्भिस सिस्टम' लागू गरिएको छ। सांसदहरुले आफैं आफ्ना लागि चिया बनाएर खान पाउनेछन्। बैठकमा चिया बाहेकका खानेकुरा वितरण रोकिएको छ। यसअघि बिहान हुने बैठकपछि संसद सचिवालयले खाना र दिउँसो बैठकमा खाजाको प्रबन्ध गर्दै आएको थियो।

त्यस्तै संसदको सचिवालय र संसदीय दल तर्फको खर्च समेत कटौती भएको छ। गत वर्षको भदौ महिनामा संसदीय दलहरुले खाना र खाजामा ५ लाख ६९ हजार ९ सय ९८ खर्च गरेका थिए। तर यो वर्ष भदौमा ४ लाख ८८ हजार ६ सय ६६ मात्र खर्च भएको छ। त्यस्तै संसद सचिवालयले पनि गत वर्ष ३३ हजार ४ सय १३ खर्च गरेकोमा यस वर्ष २८ हजार १७ रुपैयाँ खर्च गरेको छ।


समितिले एक महिनामा सांसदको खाना खर्च, सचिवालयको खर्च र संसदीय दलबाट खर्च कटौती गर्दै कुल ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ जोगाएको हो।
 
सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार वासुदेव शर्मा बबिनले 'सभामुखले संसदलाई मितव्ययी बनाउन चालेको कदमको परिणाम भएको' बताए। 

'संसद र सरकारलाई फाइदा पुगोस् भनेर सभामुखले चाल्नुभएको कदम हो,' उनले भने, 'विगतमा खाना/खाजाको कुपन सिस्टम हटाउने विषयमा केही विरोध भए पनि प्रभावकारी कदम चालेको अवस्थामा अहिले दलहरुबाट पनि विरोध छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell