PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चोरी सिकारीमा संलग्न दुई जना पक्राउ



पहिलोपोस्ट

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चोरी सिकारीमा संलग्न दुई जना पक्राउ

काठमाडौं : प्रहरीले दुर्लभ वन्यजन्तुको चोरी सिकारी तथा अंगहरुको ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
 
सिन्धुपालचोक बराम्ची गाविस-२ बस्ने १८ वर्षीय आर्यन श्रेष्ठ र गुम्बा गाविस-२ का २२ वर्षीय नेरन्द्रलाल श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउ परेका दुवैका साथबाट प्रहरीले दुई थान रेडपाण्डाको छाला समेत बरामद गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौंको जडीबुटीबाट पक्राउ गरेको हो।
 
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यलय काठमाडौं बुझाइसकिएको प्रहरी उपरीक्षक दिवेस लोहनीले जानकारी दिए। उनीहरुलाई ४० हजार रुपैयाँदेखि ७५ हजारसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell