PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

सरकार देशको प्रतिरक्षा नीति निर्माण गर्दैैछ : रक्षामन्त्री खाँड



पहिलोपोस्ट

भक्तपुर : रक्षामन्त्री बालकृष्ण खाँडले देशको प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन्।
 
रफत सञ्चार क्लबमा उनले नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग गर्न नदिनका लागि यस्तो नीति आवश्यक भएको बताएका हुन्।
 
देशको वर्तमान सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताउँदै रक्षामन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीति परिमार्जनको तयारी भइरहेको बताए।
 
उनले नेपाल सार्क मुलुकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै शीघ्र सार्क सम्मेलन गर्न प्रयासरत रहेको उल्लेख गरे।
 
देश सङ्घीय स्वरुपमा गइसकेको अवस्थामा नेपाली सेनाले आफूलाई सङ्घीय ढाँचाअनुसार पुनःसंरचना गर्ने कार्यलाई तीव्रता दिइरहेको मन्त्री खाँडले बताए।
 
राजनीतिक प्रसङ्गमा उनले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्न प्रमुख दलबीच सहमतिका लागि संवाद भइरहेको र दसैँ–तिहारपछि छलफललाई मूर्तरुप दिँदै संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए।
 
उनले संविधान संशोधनपश्चात् मधेसी दललाई सहमतिमा ल्याएर संविधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वातावरण तयार हुने समेत दाबी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell