PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​दसैं कता? विदेश घुमघाममा



उमेश पौडेल

​दसैं कता? विदेश घुमघाममा

काठमाडौं : चाडपर्वमा उपत्यकाबाट आफ्नो घर फर्किनेको ताँती लाग्छ। छुट्टीमा घरपरिवारसँग बसेर रमाउने समूह ठूलो छ।तर पछिल्लो समय चाडपर्वको समयमा विदेश घुम्नेको संख्या पनि बढ्दो क्रममा छ।
 
राम्रो कमार्इ गर्ने नेपालीहरु विदेशका विभिन्न गन्तब्य घुम्ने योजनामा छन्। चाडपर्वमा विदेश घुम्ने ट्रेन्ड सुरु भएपछि ट्राभल एजेन्सीले विभिन्न मुलुकको प्याकेज ल्याएका छन्। ती कम्पनीले एसिया, युरोप र अमेरिका लगायतका टुर प्याकेजहरु बनाउने गरेका छन्। नेपालमा आउटवाउण्डका लागि पायोनियर  प्रेसिडेन्ट ट्राभलले यो वर्ष पाँचसय भन्दा धेरैलाई विदेश लैजादैछ। प्रेसिडेन्ट ट्राभलका मार्केटिङ मेनेजर सुवोध शाक्यका अनुसार पाँच सय जनाले विदेश घुम्न बुकिङ गराइसकेको छ।
 
गत वर्षको नाकावन्दी र भूकम्पका कारण पनि आउटवाउण्डमा कुनै असर नपरेको शाक्यले बताए। एस ट्राभलले दशैं तथा विदाको विभिन्न मुलुकको प्याकेज ल्याएको छ। सस्तोमा दुवई, भारत, थाइल्याण्ड, मलेसिया, माल्दिभ्स लगायतका मुलुकको प्याकेज ल्याएको छ। महँगोमा जापान, कोरिया, सिङ्गापुर, हङ्कङ र युरोपेली मुलुकको लागि प्याकेज ल्याएको एस ट्राभलका म्यानेजर नारायण पौडेलले बताए।
 
दशै, तिहार र छठ लगायतका लामो विदामा छुट्टि मनाउने ट्रेण्ड बढ्दै गएको उनले बताए। व्यापारी, बैंक तथा वित्तिय क्षेत्रका उच्च तहका कर्मचारी, सेना तथा प्रहरीका उच्च तहका अधिकृत र निजामती कर्मचारीहरु यो प्याकेजमा छुट्टी मनाउन जाने गरेको उनले बताए। डिबोनेर ट्राभलकी प्रवन्ध निर्देशक फुडोमा विदेश घुम्न दुर्इ महिना अघिदेखिनै बुकिङ गर्न थालेको उनले बताइन्।
उनी भन्छिन् 'मुख्यतया दशैं लगायत ठूला चाडवाडका लागि पुराना र एकपटक विदेश गइसकेकाले दुईदेखी तीन महिना अगाडी नै बुकिङ गरिसक्छन्।' नेपाल ट्राभल एण्ड टुर व्यवसायी समाज (साट्टो नेपाल)का अध्यक्ष यामबहादुर खड्काका अनुसार सस्तो गन्तब्य नेपालीको पहिलो आकर्षण रहने गरेको छ।
 
कति लाग्छ खर्च
नेपालीहरु सबैभन्दा बढी जाने डेस्टिनेसन भनेको बैंककनै हो। सस्तो प्याकेज भएकोले बैंकक पहिलो रोजार्इ भएको व्यवसायीले बताए। बैंकक घुम्न ६० हजार रुपैयाँ भए पुग्छ।मलेसिया, सिङ्गापुर लगायतका ठाउँमा घुम्न सोही हाराहारीको लागत पर्छ।
 
युरोप घुम्न दुईलाख ५० हजार रुपैयाँ न्युनतम तिर्नुपर्ने शाक्यले बताए। सस्तो फेयर र बसार्इँ सस्तो भएकाले युरोपको टर्की लगायत एसियाली देशहरु नै नेपालीहरुको रोजाइमा पर्ने गरेका छन्।
 
के के समावेस हुन्छ यात्रामा?
ट्राभल कम्पनीहरुले पर्यटकको चाहना हेरेर कस्टमाइज्ड प्याकेजहरको निर्माण गरेका हुन्छन्। उनीहरुले भिसा प्रोसेसिङदेखि होटेलको व्यवस्था, ब्रेकफास्ट र बेडरुम, टुर, फ्लाइट र ट्रान्सपोर्टको व्यवस्था गरेका हुन्छन्। 'हामीले आफ्नो अनुसार पनि बनाएका हुन्छौं, पर्यटकले भने अनुसारको पनि बनाउन सकिन्छ' शाक्यले भने 'त्यसका लागि समूहमा आउनुपर्ने र खर्च अलि धेरै लाग्छ'। घुम्न जानेले लन्चको व्यवस्था भने आफै गर्नुपर्ने हुन्छ।
 
३० प्रतिशतले बढ्ने
गत वर्ष देशको असहजताका वाबजुद पनि धेरै नेपालीहरु विदेश घुम्न गएको एस ट्राभलका म्यानेजर पौडेल बताउँछन्। 'भूकम्प र नाकावन्दीमा पनि आउटवाउण्डमा कुनै असर परेन' उनी भन्छन् ' अघिल्लो बर्षको भन्दा गत बर्ष १५ प्रतिशत धेरै नेपालीहरु बाहिर गएको रेकर्ड छ।' यो वर्ष गत वर्षको तुलनामा ३० प्रतिशत बढ्ने व्यवसायीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell