PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

रोनाल्डिन्हो भन्छ :'मेसीसँग धेरै समय खेल्न पाइन'



पहिलोपोस्ट

सन् २००५ मे १ तारिकमा अर्जेन्टाइन स्टार लियोनल मेसीले बार्सिलोनाका लागि पहिलो गोल गरे। घरेलु मैदान क्याम्प नोउमा अल्बासेटे विरुद्ध बार्साका लागि डेब्यु गोल गर्दा मेसीलाई पास मिलाइदिने उनै रोनाल्डिन्हो थिए। 

रोनाल्डिन्होले र मेसीले त्यसपछि बार्सिलोनामा करिब ४ वर्ष सँगै खेले। आज भन्दा ११ वर्षअघि बार्सिालेनाका लागि पहिलो गोल गरेका मेसीले त्यसपछि धेरै रेकर्ड तोडिसकेका छन् भने ला लिगाको अलटाइम हाइएस्ट गोल स्कोर समेत बनिसकेका छन्। 

यता अहिले आयर रोनाल्डिन्होले उनै मेसीसँग धेरै समय खेल्न नपाएकोमा पछुतो लागेको बताए। सन् २००३ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट बार्सिलोना पुगेका उनले क्याटलान क्लबमा ६ वर्ष बिताए। त्यसपछि २००८ मा रोनाल्डिन्हो इटालियन क्लब एसी मिलान लागेका थिए। 

बार्सिलोनामा बिताएको आधा दशक भन्दा बढी समय रोनाल्डिन्होको जीवनकै सबैभन्दा उत्कृष्ट खेल रह्यो। त्यसक्रममा उनले २ ला लिगा र १ च्याम्पियन्स लिगको उपाधि समेत जिते। 

'मैले चाहेजती सबैकुरा पाएँ, जसका लागि म धेरै कृतज्ञ छु', रोनाल्डिन्होले भने।

'निश्चय नै मेसीसँग अझ धेरै समय खेल्न पाएको भए हुन्थ्यो, उनी उत्कृष्ट खेलाडी हुन् र मेसीको करियरको सुरुवातमा सहयोग गर्न पाउँदा र पहिलो गोलको लागि सहयोग गर्न पाउँदा म एकदमै धेरै खुशी छु।' 

मेसी उत्कृष्ट खेलाडी बनेको देख्दा उनीसँग अझ बढी समय खेल्न पाएको भए अझ मज्जा हुने थियो, तर बार्सिलोनामा मेरो समय सकिसकेको थियो र नयाँ उद्देश्य प्राप्तिका लागि अर्को ठाउँमा मुभ गर्ने बेला भइसकेको थियो।' रोनाल्डिन्होले बताए। 

विभिन्न रिसर्चहरुले रोनाल्डिन्होलाई आफ्नो समयको ग्रेटेस्ट र मोस्ट स्किलफुल प्लेअर भएको बताएका थिए। 

सन् २००२ मा ब्राजिलबाट विश्वकप फुटबलको उपाधि जितेका रोनालिल्डन्होले अहिलेका १० नम्बरको बार्सिलोनाका खेलाडीलाई आफ्नो खेलको बारेमा सिद्ध गर्न कुनै मेडल आवश्यक नरहेको समेत बताए। 

'मेसी ग्रेटेस्ट प्लेअर हुन् र अर्जेन्टिना ग्रेट टीम हो, मलाई आशा छ, अर्जेन्टिनाले अर्को विश्वकप जित्ने प्रबल सम्भावना छ।' 

'मेसीले हरेक दिन आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। हप्ता हप्ता दिनमा उनी आफु कत्तिको राम्रो खेलाडी हुन भनेर देखाइरहेका हुन्छन्, त्यसैले मेसीको लागि विश्वकपमा अतिरिक्त केहि देखाउनु आवश्यक छैन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell