PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

सांसदको तलब बढेको खबर आयो, घरबेटीले बढाए डेराभाडा!



पहिलोपोस्ट

काठमाडौं : व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सांसद रामअयोधी प्रसाद यादवले दुखेसो पोखे। उनको दुखेसोको कारण थियो- घरभाडा।
 
'पत्रपत्रिकामा सांसदहरुको तलब बढेको भनेर समाचार आयो। तर तलब बढेन' भन्दै उनले समाचारले मर्का परेको सुनाए। 'त्यही समाचार पढेर होला। घरबेटीले घरभाडा नै ह्वात्तै बढाइदिए,' उनले भने।
 
सांसदहरुको सेवासुविधा २० वर्ष देखि पुनरावलोकन नभएको समेत उनको गुनासो थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell