PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

पाँच टोलीले गर्दैछ बजार अनुगमन, दसैं बिदामा पनि निरन्तर



पहिलोपोस्ट

पाँच टोलीले गर्दैछ बजार अनुगमन, दसैं बिदामा पनि निरन्तर

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैंको समयमा पनि अनुगमनलाई निरन्तरता दिने भएको छ।
 
दसैंको बेला खाद्यान्नमा हुने मिसावट, अखाद्य वस्तु बिक्री गर्ने प्रवृत्ति झन् बढी हुने भएकोले अनुगमनलाई निरन्तरता दिन लागेको विभागले जनाएको छ।
 
विभागले चाडपर्वमा विशेष अनुगमन गर्न पाँच वटा टोली बनाएको समेत जनाएको छ। टोलीमा जिल्ला प्रशासन, उपभोक्तावादी संगठन र पत्रकार रहेका छन्।
 
विभागले दसैंको बेलामा अनुगमनको लागि खाद्य निरीक्षकको टोली तयारी अवस्थामा रहेको जनाएको छ।
 
दसैं बिदामा समेत खाद्यान्न लगायतमा गुणस्तरको समस्या भए तत्कालै उजुरी गर्न सकिने विभागको भनाइ छ। विभागका अनुसार उपभोक्ताले उजुरी गरेमा तत्कालै अनुसन्धान र कारबाहीका लागि खाद्य निरीक्षकले पहल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell