PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

स्वीट्सको भान्सामा साङ्ला मात्रै होइन कामदारको कपडा सुकाइन्छ, खाद्यले गर्‍यो शिलबन्दी



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको खिचापोखरीमा छ- पूजा स्वीट्स। शोकेसभरि सजाएर राखिएका मिठाई हेर्दै खाऊँखाऊँ लाग्छ। झलक्क हेर्ने जो केहीको मुख रसाउन बेर लाग्दैन। तर बाहिर देखिएका सबै कुरा राम्रा हुँदैनन् भन्ने कुरालाई यो पसलले पनि भरखरै पुष्टि गरेको छ।
 
हेर्दा खाऊँखाऊँ लाग्ने मिठाई बनाउने ठाउँ भने यति दुर्गन्धित छ, लाग्छ यहाँ कुनै ढल गन्हाइरहेछ।
 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले कारखाना अनुगमन गर्दा यो रहस्य पत्ता लगायो। त्यहाँ साङ्ला मात्रै भेटिएन, कामदारको कपडा भान्सामा सुकाएको समेत फेला पर्‍यो। विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, 'फोहोर, साङ्ला र कामदारको कपडा सुकाएको भेटिएपछि कारखानमा शिलबन्दी गरिएको छ।'
 
विभागले दसैंको बेलामा जथाभावी खाद्यान्न बिक्रीलाई निरुत्साहित गर्न अनुगमन गर्न विशेष टोली परिचालन गरेको छ। पाँच वटा टोलीले उपत्यका लगायतका विभिन्न क्षेत्रमा अनुगमनलाई तीव्र पारेको छ। जिल्ला प्रशासन, उपभोक्तावादी संगठन र पत्रकारको टोलीले विभिन्न व्यवसायिक क्षेत्रमा अनुगमन गरेको हो।

टोलीले कुलेश्वरस्थित अनमोल मसला पसलमा समेत शिलबन्दी गरेको छ। विभागले यो उद्योगबाट उत्पादित मसला बिक्रीमा समेत प्रतिबन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell