PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

सिरिया संकट समाधानका विषयमा पुटिन र एर्डोगानले ल्याउलान् केही निष्कर्ष?



पहिलोपोस्ट

सिरिया संकट समाधानका विषयमा पुटिन र एर्डोगानले ल्याउलान् केही निष्कर्ष?

मस्को (रसिया) : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अक्टोबर १० मा टर्कीको भ्रमण गरी राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टर्कीलगायत यस क्षेत्रका मुलुकको सुरक्षा चासो, आर्थिक विकास र सामुदायिक सद्भावका लागि छलफल गर्ने भएका छन्।
 
इन्टर फ्याक्स न्युज एजेन्सीले क्रेमलिनलाई उद्धृत गर्दै भनेको छ, 'पुटिनको टर्की भ्रमणका क्रममा विश्व ऊर्जा सम्मेलन तथा द्विपक्षीय भेटघाटका बारेमा दुई नेताले अक्टोबर १० मा उक्त विषयमा सम्बोधन गर्नेसमेत कार्यक्रम छ।'
 
इस्तानबुलले मस्कोमा युद्धक विमान खसालेपछि बिग्रिएको सम्बन्ध टर्कीका राष्ट्रपति एर्डोगानले विमान खसाल्नु आफ्नो मुलुकको कमजोरी भएको भनी पुटिनसँग आत्मालोचना गरेपछि यसअघि पनि एर्डोगान र पुटिनबीच वार्ता भएको थियो।
 
रसियाले सिरियाको सरकारलाई र टर्कीले विद्रोहीलाई सहयोग पुर्‍याइरहेको अवस्थामा पुटिन र एर्डोगानबीचको भेटमा सम्भवत सिरिया सङ्कट समाधानमा दुई देशका नेताबाट आ–आफ्ना धारणासमेत सम्मेलनमा व्यक्त हुने अपेक्षा राखिएको छ।
 
भ्रमणबाट सिरिया द्वन्द्व समाधानका लागि यी दुवै छिमेकीको संयुक्त प्रतिबद्धतासमेत आउने बताइएको छ। एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell