PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पहिरो झरेपछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

गोरखा : तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
 
गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो। पहिरोमा यात्रुवाहक, मालवाहक गाडी परे/नपरेको यकिन भइसकेको छैन। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ। 'सडकमा ठूलो पहिरो झरेको छ,' उनले भने, 'पहिरो हटाउन तीन वटा डोजर परिचालन गरेका छौं।' एक्सकाभेटरको अभावले गर्दा पहिरो हटाउन समस्या भएको छ। पहिरोले करिब दुई सय मिटर सडक अवरुद्ध बनेको हो।
 
पहिरोले सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा लामो सवारी चाप परेको छ। पहिरोले पोखरा र गोरखा क्षेत्रको आवतजावत ठप्प हुँदा यात्रु अलपत्र भएका छन्। पहिरो खुलाउन कम्तीमा चार घन्टा लाग्ने श्रेष्ठले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell