
काठमाडौं : तेस्रो संस्करणको यु १९ एसिया कप क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ। डिसेम्बर ८ देखि २२ सम्म श्रीलंकामा युवा क्रिकेट प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा नेपालसहित कुल ८ राष्ट्रको सहभागिता रहनेछ, जसमा आयोजक श्रीलंकासँगै टेष्ट खेल्ने ४ टीम समेत हुनेछन्।
यसपटक श्रीलंकाको राजधानी कोलम्बोबाहिरका ३ स्टेडियममा खेल हुनेछ। हामबानटोटस्थित महेन्द्रा राजापाक्ष इन्टरनेसनल क्रिकेट स्टेडिया, गाल्ले इन्टरनेसनल क्रिकेट स्टेडियम र मातारास्थित मातारा उयानवाटे स्टेडियममा खेल हुनेछ।
सन् २०१२ बाट एसिया कपको रुपमा खेलाउन थालिएको प्रतियोगिको यो तेस्रो संस्करण हो। मलेसियामा भएको पहिलो संस्करणमा भारत र पाकिस्तान संयुक्त रुपमा च्याम्पियन बनेका थिए भने सन् २०१४ मा भएको दोस्रो संस्करणमा पाकिस्तानलाई नै हाराउँदै भारत च्याम्पियन बनेको थियो।
एसिया कप एसियन स्तरको सबैभन्दा ठूलो यु १९ प्रतियोगिता हो।
सन् १९७७ बाट एसिसि एलाइट कप यु १९ प्रतियोगिता हुँदा नेपालले ४ पटक उपाधि जितेको थियो। तर अफगानिस्तानको उदय भएपछि सन् २००७ पछि नेपालले फेरि उपाधि जित्न सकेको छैन। सन् २००९ मा हङकङ तथा २०११ र २०१३ मा अफगानिस्तान च्याम्पियन बनेको थियो।
यस्तै यु १९ प्रिमियर लिगको नामबाट २०१४ र २०१५ मा खेलाइएको प्रतियोगितामा अफगानिस्तान च्याम्पियन बन्दा नेपाल दुवैमा उपविजेता बनेको थियो।
यु १९ एसिया कप २०१६ मा सहभागी टीमहरु
श्रीलंकाभारत
पाकिस्तान
बंगलादेश
अफगानिस्तन
नेपाल
आइसिसी यु १९ क्रिकेट वर्ल्डकप क्वालिफायर डिभिजन टु को विजेता र उपविजेता
मलेसियामा भइरहेको यस प्रतियोगिताको आजै सेमिफाइनल खेलहरु भइरहेको छन् जसमा आयोजक मलेसिया र युएई तथा हङकङ र सिंगापुर भिड्दैछन्। फाइनल पुग्ने दुई टीम यु १९ एसिया कपका छानिनेछन्।