PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​पर्वको मुखैमा झरी, दसैं हिले हुने सम्भावना कति?



पहिलोपोस्ट

काठमाडौँ : न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ।
     
मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
     
“न्यूनचापीय प्रणाली अहिलेमध्ये भेगमा केन्द्रित छ, हिजो पूर्वका धेरै स्थानमा पानी परेको थियो, आज दिउँसो मध्यभेगमा पानी पर्ने सम्भावना छ, तुलनात्मक रुपमा पश्चिममा कम असर देखिएको छ,”–उनले भने।
     
मनसुन हटिनसकेको र यसको प्रभावले पनि वर्षात भएको मौसमविद् श्रेष्ठको भनाइ छ। उनका अनुसार स्थानीय वायुको प्रभाव र जलवास्पयुक्त हावा पर्याप्त रहेकाले यो प्रणाली केही दिन जारी रहनेछ।
     
मनसुन सकिने अन्तिम समय भए पनि यो वर्ष ढिलो गरी मनसुन सुरु भएकाले वर्षा लम्बिएको बताइन्छ। सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु भई सेप्टेम्बर २३ मा हट्छ, तर यो वर्ष केही ढिला गरी मनसुन सुरु भएको थियो।
     
आज काठमाडौँ उपत्यकासहित मध्यभेगका अधिकांश स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २, ओखलढुङ्गामा ३ र ताप्लेजुङ्मा ४५ मिलिमिटर वर्षात भएको छ।
     
महाशाखाका अनुसार आज मध्यभेगमा पानी पर्ने ६० प्रतिशत सम्भावना छ, भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell