PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अन्तर्राष्ट्रिय पुरस्कार



पहिलोपोस्ट

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं : नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोलाई एनिमल वेलफेयर इन्स्टिच्युट अमेरीकाले सन् २०१६ को Clark R. Bavin Wildlife Law Enforcement Award बाट सम्मानित गरेको छ।
 
ब्युरोले सन् २०१० देखि नेपालमा वन्यजन्तुको चोरी-सिकारीविरुद्ध विभिन्न अपरेसन सञ्चालन गरी गैंडामा शून्य चोरी सिकार वर्ष मनाएको तथा अन्य चोरीसिकारी नियन्त्रणमा योगदान पुर्‍याएकोमा उक्त अवार्ड दिइएको जनाइएको छ।
 
यो अवार्ड हरेक तीन वर्षमा वितरण गर्ने गरिएको छ। सन् १९९७ बाट वितरण गर्न सुरु गरिएको अवार्ड अहिलेसम्म ५५ जना व्यक्ति तथा संस्थाहरुले प्राप्त गरेका छन्।
 
यो पुरस्कार अहिलेसम्म केन्याले ८ पटक, अमेरिका र भारतले ७/७ पटक प्राप्त गरिसकेका छन्।
 
नेपालको केन्द्रीय अनुसन्धान ब्युरोले भने यो अवार्ड पहिलो पटक पाएको हो। अवार्ड थाप्दै ब्युरोका प्रमुख नवराज सिलवालले प्रहरीलाई काम गर्न अवार्डले थप प्रोत्साहन मिलेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell