PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

लोकमानलाई अदालतमा उपस्थित गराउने कसरत, घरमै सूचना टाँस्दै सर्वोच्चको टोली



पहिलोपोस्ट

लोकमानलाई अदालतमा उपस्थित गराउने कसरत, घरमै सूचना टाँस्दै सर्वोच्चको टोली

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सर्वोच्च अदालतले आज सूचना टाँस्दैछ।
 
सर्वोच्च अदालतको टोली कार्कीको नयाँ बानेश्वरस्थित घरमा म्याद (सूचना) टाँस्न हिँडेको छ।

आयोगमा उनको नियुक्तिबारे पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि उपस्थित हुन नचाही विभिन्न बहानामा उनी म्याद टार्दै आएका छन्।पटकपटकको सूचनामा पनि उपस्थित नभएकाले सर्वोच्चको टोली उनको नयाँ बानेश्वरस्थत घरमै सूचना टाँस्न पुगेको हो। सूचना टाँस्नुअघि काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा सचिवको रोहबरमा मुचुल्का उठाउनुपर्ने प्रावधान छ। वडा नम्बर १० का सचिवको रोहबरमा कार्कीको घरमा सूचना टाँस गर्न लागिएको हो। कार्की हाल विदेशमा छन्।
 
कार्कीको नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell