PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

लोकमानको घरमा सूचना नटाँसी फर्कियो सर्वोच्चको टोली



पहिलोपोस्ट

लोकमानको घरमा सूचना नटाँसी फर्कियो सर्वोच्चको टोली

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) टाँस्न गएको सर्वौच्च अदालतको विशेष टोली त्यतिकै फर्किएको छ। 

कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्नका लागि आज दिउँसो टोली हिँडेको थियो। बानेश्वरमा रहेको सो घर कार्कीले भाडामा लगाएको बुझिएकाले 'भाडाको घरमा टाँस्न नमिलेको' अदालतका तामिल्दार शम्भू खत्रीले बताए। 

आयोगमा उनको नियुक्तिबारे पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि उपस्थित हुन नचाही विभिन्न बहानामा उनी म्याद टार्दै आएका छन्। कार्की हाल विदेशमा छन्।
 
कार्कीको नियुक्ति कानुनसम्मत नभएको भन्दै सुरुमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell