PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​संगीतकार दीपकको गायनमा डेब्यू



पहिलोपोस्ट

​संगीतकार दीपकको गायनमा डेब्यू

काठमाडौ : संगीतकार दीपक शर्माले गायनमा पनि डेब्यू गरेका छन्। करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले 'हे बरै' बोलको गीत सार्वजनिक गरेका हुन्।

आफ्नै शब्द संगीत र एरेन्ज रहेको गीत भिडियो सहित युट्युब मार्फत् आएको हो। निर्देशक वसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा यस गीतका गायक दीपकलेनै अभिनय गरेका छन्। अभिनयमा दीपकलाई कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन्। 

भिडियोमा अनिल मानन्धरको छायाँकन,  टेकेन्द्र शाहको सम्पादन रहेको छ। छक्का पञ्जा, हवल्दार सुन्तली, किस्मत - २ लगायतका चलचित्रमा संगीत भरेर चर्चामा आएका संगीतकार दीपकले यो गीतले  आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell