PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

​विद्यालयको पैसाले शिक्षकहरुको अल इन्डिया टुर!



राधेश्याम पटेल

वीरगन्ज : पोखरीया नगरपालिकास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयका शिक्षक–शिक्षिकाहरू विद्यालयबाट पौने तीन लाख रुपैयाँ निकाली भारत भ्रमणमा गएका छन्। विद्यालयबाट दुई लाख ७५ हजार रुपैयाँ निकासा गरी १६ जना शिक्षक–शिक्षिका परिवारसहित भारत भ्रमणमा गएका हुन्।

विद्यालयका प्रधानाध्यापक व्यास महतोका अनुसार शिक्षकहरु केही वर्षदेखि परीक्षामा खटेवापत पारिश्रमिक नपाएकाले त्यसैको एकमुष्ठ रकम निकासा गराई भारत गएको स्वीकार गरे। उनले भ्रमणमा आफू भने उमावि सञ्चालन भएको र छात्रवृत्ति वितरण गर्नुपरेको कारण देखाइ जान नमिलेको बताए।

यता,विद्यालय स्रोतका अनुसार परीक्षा शुल्क र विभिन्न शुल्कबापत् विद्यार्थीहरूबाट सङ्कलित रकममध्येबाट शिक्षकहरूलाई एकमुस्ट पौने तीन लाख प्रदान गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell