PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​प्रेमी बेपत्ता, प्रेमिकाको विचल्ली



राधेश्याम पटेल

वीरगन्ज : निर्मल बस्तीका एक किशोरी गर्भवती भएपछि उनका ‘प्रेमी’ बेपत्ता भएका छन्। १६ वर्षीया किशोरीलाई ६ महिनादेखि प्रेमको जालोमा पारेका उनी गर्भवती भएको थाहा भएलगत्तै फरार भए। निर्मलबस्ती वडा नं १ का २४ वर्षीय अर्जुन भन्ने मानबहादुर बस्नेतविरुद्ध पर्सा प्रहरीमा उजुरी परेको हो।

केटी पक्षले प्रहरीमा दिएको उजुरीमा गर्भवती भएको थाहा भएपछि बिहे गर्न अस्वीकार गर्दै अर्जुन फरार भएको जनाइएको छ। अर्जुन भारततिर भागेको पीडित पक्षको अशंका छ।

यस विषयमा गाउँमा पञ्चायत बसेको थियो। पञ्चायतको निर्णय आरोपित पक्षले नमानेपछि गाउँको घटना प्रहरीसम्म पुगेको हो। गाउँका पञ्चले अर्जुनले पीडित केटीसँग बिहे गर्नुपर्ने शर्त राखेका छन्। तर काका ललितबहादुर बस्नेतले कुरा मिल्न नदिएको गाउँलेले जनाए। 

यस विषयमा पर्सा प्रहरीमा उजुरी परेपछि केटा पक्षले अर्जुनलाई कार्तिक १७ गतेभित्र प्रहरीमा उपस्थित गराई दुवैको बिहे गराउने आश्वासन दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell