PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

चन्द्रागिरीको केबुलकार टीकाको दिनमात्र बन्‍द



पहिलोपोस्ट

चन्द्रागिरीको केबुलकार टीकाको दिनमात्र बन्‍द

काठमाडौं : चन्द्रागिरि केबलकार दसैैंको टिकाको दिन मात्रै बन्द हुने भएको छ। दसैका अन्य दिनमा बिहान ९ बजेदेखि साँझ पाँचबजेसम्म केबलकार संचालनमा आउने कम्पनीले जनाएको छ।
 
चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार रेष्टुरेन्ट,वाल बगैचा लगायतका सेवाहरु पूर्ववत रुपमा संचालनमा आउनेछन्। चन्द्रागिरी केबलकार साउन २४ गते संचालनमा आएको हो।
 
केबलकारको औपचारिक उद्घाटन भने बाँकी छ। कम्पनी स्रोतका अनुसार तिहार अगाडि औपचारिक उद्घाटन हुनेछ। उपत्यकामा घुम्ने ठाउँको अभाव भइरहेका बेला चन्द्रागिरी डाँडामा केबलकार संचालनमा आएको हो। यो नेपालको दोस्रो केबलकार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell