PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

माटोले पुरिएकी चौधरीको उपचारको क्रममा मृत्यु



पहिलोपोस्ट

गाईघाट (उदयपुर) : जङ्गलमा कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।
 
जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले पुरेर घाइते भएपछि उपचारको लागि सुनसरीस्थित धरानको बिपी मेमोरियल अस्पतालमा उपचार गराउँदा उनको मृत्यु भएको हो।
 
चौधरीसँगै गएका साथीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएका थिए तर उपचारकै क्रममा उनको मृत्यु भएको बेल्टार इलाका प्रहरी कार्यालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell