PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपाल एयरलाइन्सले दसैंका लागि १२ आन्तरिक फ्लाइट थप्यो, कहाँ कुन समयका लागि?



उमेश पौडेल

नेपाल एयरलाइन्सले दसैंका लागि १२ आन्तरिक फ्लाइट थप्यो, कहाँ कुन समयका लागि?

काठमाडौं : नेपाल वायुसेवा निगमले यात्रुहरुको चापलाई ध्यानमा राख्दै दसैंका लागि थप १२ वटा फ्लाइट थप गर्ने भएको छ।
 
दसैंका लागि आफ्नो सिट सुरक्षित गर्न यात्रुहरुले अग्रिम बुकिङ गरेपछि हवाइ टिकट करिब करिब सकिएको छ।
 
निगमले आन्तरिक तर्फका लागि उडान थप गर्न लागेको हो। निगमले खोटाङको खानिडाँडा, भोजपुर र हुम्लाको सिमिकोटमा उडान थप गर्ने जनाएको छ।
 
खानिडाँडाका लागि थप पाँच फ्लाइट, भोजपुरका लागि थप पाँच फ्लाइट र सिमिकोटका लागि थप दुई वटा उडान थप गर्ने निमगका प्रवक्ता रामहरि शर्माले जानकारी दिए। यी उडाउनहरु 'नन सेड्युल' हुन्।
 
यात्रुहरुको चाप र हवाईमार्गबाट जाने यात्रुको सङ्ख्या वर्षैपिच्छे बढिरहेका कारण उडान थप गर्नुपरेको उनको भनाइ छ।
 
हाल निगमले चार वटा विमानबाट आन्तरिक उडान भरिरहेको छ। निगमले अहिले दैनिक २२ वटा उडानवाट हवाईयात्रुलाई सेवा दिइरहेको छ। केहि समयअगाडि विराटनगर, धनगढी र सिमरामा निगमले उडान क्षेत्र विस्तार गरेको थियो।
 
निगमले अहिले दुई वटा चिनियाँ र दुई ट्वीनअटर जहाजले यात्रुलाई सेवा दिइरहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell