PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भारत-पाक विवाद खेलकुदसम्म, कबड्डी विश्वकप खेल्नबाट पाकिस्तानलाई रोक



पहिलोपोस्ट

भारत-पाक विवाद खेलकुदसम्म, कबड्डी विश्वकप खेल्नबाट पाकिस्तानलाई रोक

भारत र पाकिस्तानबीच चलिरहेको विवादले खेलकुद क्षेत्र समेत प्रभावित बनेको छ। भारतमै हुन लागेको १२ राष्ट्रको कबड्डी विश्वकपमा पाकिस्तानलाई सहभागी नगराउन लागिएको हो।
 
विश्व कबड्डीका प्रमुख देओराज चतुर्वेदीले पाकिस्तानलाई संलग्न गराउने यो सही समय नभएको बताएका छन्।
 
'पाकिस्तान विश्व कबड्डी संघको महत्वपूर्ण सदस्य हो, तर अहिलेकै अवस्थामा दुवैको राष्ट्रको भलाइका लागि पाकिस्तानले च्याम्पियनसिपमा भाग नलिनु नै उपयुक्त हुन्छ,' उनले भनेका छन्।
 
भारत प्रशासित जम्बु काश्मिरलाई लिएर चलिरहेको विवाद बढ्दै गएपछि भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने बताइसकेको छ। यसपछि सम्मेलन स्थगित समेत भयो।
 
दुवै देशतर्फ हिंसा बढ्दै गएपछि अहिले आपसी द्वन्द झन् चर्केको छ। त्यसैको अर्को मारको रुपमा पाकिस्तानले भारतमा हुने कबड्डीको सबैभन्दा ठुलो प्रतियोगिता खेल्न नपाउने भएको हो। विश्व कबड्डी संघको प्रमुख पनि भारतीय नै हुन्।
 
यता पाकिस्तान कबड्डी फेडेरेसनका सचिव राना मुहम्मद सरवारले भने पाकिस्तान बिनाको कबड्डी विश्वकप कुनै विश्वकप नै हुन नसक्ने बताएका छन्। 'यसो हुनु भनेको फुटबलको विश्वकपमा ब्राजिल नभएको जस्तै हो,' सरवारले भने।
 
कबड्डी विश्वकप आगामी शुक्रबारबाट भारतमा सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell