काठमाडौं : च्यासल युथ क्लब राजधानीमा जारी बी डिभिजन लिगको च्याम्पियन बनेको छ। च्यासल २८ अंक जोड्दै च्याम्पियन बनेको हो। च्यासलसँगै २८ अंक नै जोडेको एनआरटी पनि दोस्रो बन्दै ए डिभिजनमा उक्लेको छ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा च्याम्पियन, रनरअफ र विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार र ट्रफी वितरण गरियो।

च्याम्पियन च्यासलले नगद ५ लाख प्राप्त गर्यो भने रनरअफ एनआरटीले २ लाख ५० हजार हात पार्यो। यस्तै तेस्रो र चौथो बन्दै बी डिभिजनमै कायम रहेको आरसिटी र सातदोबाटो युथ क्लबले क्रमश १ लाख ५० हजार र ७५ हजार पायो।
विधागत उत्कृष्ट बनेका खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार नगद प्राप्त गरे।
च्याम्पियन : च्यासल युथ क्लब
रनर अप : एनआरटी
उत्कृष्ट गोलरक्षक : राज बाबु थापा, (च्यासल)
उत्कृष्ट डिफेन्डर : चेतन थारु, (च्यासल)
उत्कृष्ट मिडफिल्डर : सुशिल लामा, (एनआरटी)
उत्कृष्ट फरवार्ड : सुरज रावत, (खुमलटार युथ क्लब)
उत्कृष्ट प्रशिक्षक : चेत नारायण श्रेष्ठ, (च्यासल)
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा च्याम्पियन, रनरअफ र विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार र ट्रफी वितरण गरियो।

च्याम्पियन च्यासलले नगद ५ लाख प्राप्त गर्यो भने रनरअफ एनआरटीले २ लाख ५० हजार हात पार्यो। यस्तै तेस्रो र चौथो बन्दै बी डिभिजनमै कायम रहेको आरसिटी र सातदोबाटो युथ क्लबले क्रमश १ लाख ५० हजार र ७५ हजार पायो।
विधागत उत्कृष्ट बनेका खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार नगद प्राप्त गरे।
च्याम्पियन र विधागत उत्कृष्ट खेलाडीहरु
च्याम्पियन : च्यासल युथ क्लबरनर अप : एनआरटी