PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

एसिडीको बैठकमा जाँदै परराष्ट्र मन्त्री महत



पहिलोपोस्ट

एसिडीको बैठकमा जाँदै परराष्ट्र मन्त्री महत

काठमाडौं : एसियाका राष्ट्र प्रमुखहरु सहभागी हुने एसिया कोअपरेसन डाइलग (एसिडी)को बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महत सहभागी हुने भएका छन्। आगामी २२ गते देखि थाइल्याण्डमा हुने बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री महत जाने भएका हुन्।
 
'नेपालको तर्फबाट प्रधानमन्त्रीले जान नपाएकाले मैले नै नेपाली टोलीको नेतृत्व गर्ने छु,' महतले भने, 'तीन दिनसम्म सम्म चल्ने बैठकले एसियाली राष्ट्रहरुबीच कसरी कनेक्टीभिटी बढाउन सकिन्छ, गरिवी विरुद्ध कसरी लड्ने, जलवायु परिवर्तन लगायतका मुद्धमा कसरी सामुहिक पहल अघि बढउन लगायतका विषयमा छलफल हुने छ।'
एसियाका देशहरुको कनेक्टिभिटीबाट एक अर्काले फाइदा लिने विषय बैठकमा उठ्ने उनले बताए।
उनको टोली दसैं टीकाको दिन फर्किने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell