PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रम प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच गोवामा भेट तय, छलफलका एजेन्डा बनाइँदै



रमेश वाग्ले

प्रम प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच गोवामा भेट तय, छलफलका एजेन्डा बनाइँदै

काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ। आगामी १६ तारिखदेखि सुरु हुने सम्मेलनमा साइड लाइन मिटिङका रुपमा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच भेटवार्ताको तय भइसकेको छ।

चिनियाँ राष्ट्रपतिसँगको भेटको कार्यक्रम तय भइसके पनि भेटमा नेपालका तर्फबाट के-कस्ता एजेण्डा उठाएर छलफल गर्ने भन्ने विषय भने परराष्ट्र मन्त्रालयले अझै टुंग्याइसकेको छैन।

'हुन त त्यो ब्रिक्स सम्मेलन हो। तर त्यहाँ आउटरिच प्रोग्राम भनेर बिमस्टेकको पनि बैठक हुन्छ,' परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले भने, 'त्यो बैठककै क्रममा चिनियाँ राष्ट्रपति र हाम्रा प्रधानमन्त्रीका बीच द्वीपक्षीय मिटिङ पनि हुनेछ।' उनले भेटमा उठाउने विषयका विषयमा भने मन्त्रालयले होमवर्क गरिरहेको बताए ।

'दुई देशबीचको सम्बन्धमा विश्वास बढाउने काम त हुन्छ नै, त्यसबाहेक दुई पक्षीय हित र नेपालको स्वार्थमा चीनलाई कसरी सहमत गराउने र दुई देशबीचको सम्बन्ध कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल हुने छ,' उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell