PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

चैतभित्रै स्थानीय तहको चुनावः स्वास्थ्यमन्त्री थापा



पहिलोपोस्ट

कञ्चनपुर : स्वास्थ्य मन्त्री गगनकुमार थापाले चैतभित्रै स्थानीय तहको चुनाव हुने निश्चित भएको बताएका छन्।
 
आज नेपाली काँग्रेस कञ्चनपुरका पार्टी कार्यकर्ता भेटघाटका क्रममा मन्त्री थापाले संविधान कार्यान्वयन गर्नका लागि तीनै तहको निर्वाचन आवश्यक भएको बताउँदै सरकारले जनतालाई अधिकतम राहत दिनका लागि कार्य गरिरहेको चर्चा गरे।
 
स्वास्थ्य मन्त्री थापाले आजै महाकाली अञ्चल अस्पतालको निरीक्षण गरे। निरीक्षणका क्रममा मन्त्री थापाले अञ्चल अस्पतालको रिक्त दरबन्दीमा विषेशज्ञ चिकित्सक पठाउने आवश्वासन दिए।
 
नेपाली काँग्रेस कञ्चननपुरका कार्यकर्ताले अस्पतालको दयनीय अवस्थाबारे गम्भीर भइदिन समेत आग्रह गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell