PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

एकै दिन सुनको भाउ ११ सयले कम!



पहिलोपोस्ट

काठमाडौँ : छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार १०० ले घटेको छ ।
 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा आज प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो।
 
अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ५७ हजार ८०० रहेको थियो। आज तेजावी सुनको मूल्य रु ५६ हजार ४५० मा कारोबार भयो।
 
अघिल्लो असली चाँदीको मूल्य पनि प्रतितोला रु ८६० मा कायम भई कारोबार भएकामा आज रु ३० घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
 
ङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँश ३५ अमेरिकी डलर घटेर आज एक हजार २८० डलरमा कारोबार भएको जानकारी दिनुभयो । दसैँको समयमा बजारमा सुनको मूल्य घट्दा उपभोक्ताको आकर्षण बढ्ने र कारोबारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell