PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

यतिको दुर्घटना छानबिन गर्न आयोग गठन



पहिलोपोस्ट

काठमाडौँ : सरकारले भैरहवा विमानस्थलमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानबारे छानबिन गर्न चार सदस्यीय जाँचबुज आयोग गठन गरेको छ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो।
     
आयोगको सदस्यमा गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र पर्यटन मन्त्रालयका उपसचिव हरिबहादुर खड्का सदस्य सचिव रहेका छन्।
     
पर्यटन मन्त्रालयको मङ्गलबारको निर्णयअनुसार दुर्घटनाबारे छानबिन गर्न विज्ञ सम्मिलित समिति गठन गरिएको मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
     
आयोगलाई विमान दुर्घटनाका कारण पत्ता लगाउन तथा भविष्यमा यस्तो दुर्घटना हुन नदिने सुझावसहित तथ्य पत्ता लगाई ७५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ।
     
गत असोज ८ गते काठमाडौँबाट भैरहवाको उडानमा रहेको यति एयरलाइन्सको  नाइनएन– एआइबी जेटस्ट्रेम ४१०० विमान भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा प्राविधिक समस्याका कारण धावनमार्गबाट करिब ४४२ फिट दक्षिणतर्फ गई दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा कुनै मानवीय क्षति भएको थिएन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell