PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

स्थानीयले बनाइदिए प्रहरी बिट



पहिलोपोस्ट

भक्तपुर : भक्तपुरको ठिमी क्षेत्रमा हुने दुर्घटना र आपराधिक घटना न्युनीकरणका लागि स्थानीय बासिन्दाले निर्माण गरेको प्रहरी बिट सञ्चालनमा आएको छ।
 
ठिमीको चारदोबाटोमा उत्तर सुन्दर बस्तीका बासिन्दाले प्रहरीलाई बस्नका लागि निर्माण गरिदिएका प्रहरी बिटको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले उद्घाटन गरे।
 
आम नागरिकको सुरक्षाका लागि घामपानीमा खुल्ला आकाशमुनि सडकमा बस्नुपर्ने अवस्थामा ठाउँ बनाइदिएको भन्दै उनले ओलियाले खुसी व्यक्त गरे।
 
उत्तर सुन्दर बस्तीका संस्थापक अध्यक्ष केशर पौडेलले प्रहरीले कठिन रुपमा जनताको सेवा गरेको देखेपछि स्थानीय बासिन्दाले बिट बनाइदिएको जानकारी गराए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell