PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

काठमाडौंको नयाँबजारमा मोटरसाइकलको ठक्करबाट एक घाइते



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको नयाँबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रु घाइते भएका छन्।
 
गएराति साढे १२ बजे बा९प ७९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट ओखलढुङ्गा घर भई हाल ललितपुर इमाडोल बस्ने ४२ वर्षीय अर्जुन थापामगर घाइते भएका हुन्। उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
 
ठक्कर दिने मोटरसाइकल चालकलाई महानगरीय प्रहरी वृत्त लैनचौरले नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell