PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

झापादेखि चीन जोड्ने सडक निर्माण छिटो सक्न पहल थाल्छु : प्रधानमन्त्री



पहिलोपोस्ट

झापादेखि चीन जोड्ने सडक निर्माण छिटो सक्न पहल थाल्छु : प्रधानमन्त्री

काठमाडौं : पूर्वको फाल्गुनन्द मार्ग छिट्टै सक्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गर्ने भएका छन्।
 
झापाको दमकदेखि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै सक्नका लागि आफूले सक्दो पहल गर्नेबारे प्रधानमन्त्रीले वचन दिएका छन्।
 
आज प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता जनाएका हुन्।
 
सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चार वटै जिल्लाका पश्चिमी भेगका जनतालाई सुविधा उपलब्ध हुने भएकाले आफूले छिट्टै निर्माण कार्य सक्न आवश्यक पहल गर्ने उनको भनाइ छ। उक्त सडकलाई थप बजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने समेत उनले बताएका छन्।
 
उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, पूर्वमन्त्री अग्नि खरेल, टंक आङ्बुहाङ लगायतले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell