PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

मणि लामाको एकल फोटो प्रदर्शनी सकियो

मणि लामाको एकल फोटो प्रदर्शनी सकियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : वरिष्ठ फोटोग्राफर मणि लामाको एकल फोटो प्रदर्शनी सम्पन्न भएको छ।
 
नेपाल पर्यटन बोर्डको आयोजना र फोटो जर्नालिस्ट क्लबको सहयोगमा आयोजित प्रदर्शनी अवधिभर करिब २४ सय जनाले अवलोकन गरेका थिए।
 
नेपाल पर्यटन बोर्डले प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट तीन दिन आयोजना गर्ने ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी दसैं बिदाका कारण यस पटक एक साताअघि सारिएको हो। ‘ब्युटीफुल नेपाल’ नाम दिइएको प्रदर्शनीमा लामाले खिचेका नेपालका विभिन्न ठाउँका सुन्दर ५० फोटो समावेश थिए।
 
प्रदर्शनीमा पुरानो एनलग जमानाको श्यामश्वेत तस्बिरदेखि रंगीन डिजिटलसम्मका राखिएका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell