PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

आइसिसी वुमन्स वर्ल्डकप क्वालिफायर : नेपाली महिला टोली हङकङ प्रस्थान, च्याम्पियन बन्ने लक्ष्य



पहिलोपोस्ट

आइसिसी वुमन्स वर्ल्डकप क्वालिफायर : नेपाली महिला टोली हङकङ प्रस्थान, च्याम्पियन बन्ने लक्ष्य

काठमाडौं : आइसिसी वुमन्स वर्ल्डकप एसियन क्वालिफायर क्रिकेट-२०१६ मा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आज हङकङ प्रस्थान गर्दैछ। 

हङकङमा आइतबारदेखि हुने एक साता लामो एसियन छनोट प्रतियोगितामा नेपालले च्याम्पियन बन्ने लक्ष्य राखेको छ। पहिलोपोस्टसँगको कुराकानीमा टोलीका कप्तान रुबिना क्षेत्री र प्रशिक्षक राजु बस्नयातले क्वालिफायरमा च्याम्पियन बन्दै सबै नेपालीलाई दसैंको शुभकामना दिने बताएका थिए। 

क्वालिफायरमा नेपालसहित आयोजक हङकङ, चीन र थाइल्यान्ड गरी ४ राष्ट्रले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। त्यसमा शीर्ष स्थान रहने टोलीले ‘ग्लोबल क्वालिफायर’मा खेल्ने अवसरमा पाउनेछ।


प्रतियोगितामा सहभागी हुने १६ सदस्यी नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य शैलेश कर्माचार्य लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे। हङकङ जाने टोलीमा १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक छन्। 

रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु बर्मा र रश्मि शर्मा छन्।

नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात तथा व्यवस्थापकमा राखेपकी सदस्य अस्मिता गुरुङ रहेका छन्। यसपटक टोलीमा तीन नयाँ अनुहारका रुपमा ज्योति पाण्डे, सबनम राई र निर्मला शाही रहेका छन्। 

प्रतियोगिता अक्टोबर ९ देखि १५ असोज २३ देखि २९ सम्म चल्नेछ। नेपालले आफ्नो पहिलो खेल हङकङविरुद्ध अक्टोबर ९ दसैंको अष्टमीको दिन खेल्नेछ। यस्तै २४ गते सोमबार थाइल्याण्डसँग तथा २५ गते मंगलबार चीनसँग खेल्नेछ। 

२६ गते कुनै खेल हुने छैन। २७ गते नेपालले पुन: हङकङसँग खेल्नेछ भने २८ गते थाइल्याण्ड र २९ गते चीनसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell