PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

२६ फोटोमा हेर्नुस्, ६१औं प्रहरी दिवस

२६ फोटोमा हेर्नुस्, ६१औं प्रहरी दिवस

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रहरीले आफ्नो ६१औं दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो।
 
कार्यक्रममा अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली तथा श्रद्धासुमन समेत अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा र अमन चयनको लागि विश्वसनीय संगठनको रुपमा काम गरेको बताए। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई भौतिक पूर्वाधारसँगै सरकार र सरोकारवाला निकायको अभिभावकत्व समेत आवश्यक पर्ने भनाइ राखे।
 
प्रहरी र अमर प्रहरीका परिवारका लागि राज्यले सेवासुविधा थप गर्नुपर्ने उनको भनाइ थियो।
 
कार्यक्रममा यस वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी, प्रहरी कार्यालय र दुई वीर अमर प्रहरीको परिवारलाई सम्मान गरिएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell