PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​खेलौनासँगै खाडलमा ९ वर्षे बालकको शव!



राधेश्याम पटेल

वीरगन्ज : पर्सामा  एक बालकको रहस्यमय ढंगमा हत्या भएको छ। पर्सा रामनगरी – ८ का विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो। उनको शव प्रहरीले आज बिहान ७ बजे वीरगन्ज चिनी मिल नजिक एउटा खाल्डोबाट बरामद गरेको छ। वीरगन्ज – १६ राधेमाइमा काका बृजकिशोर पटेलसँगै बस्दै आएका राजनको लाशसँगै खेलौना पनि भेटिएको पर्सा प्रहरीले जनाएको छ। चिनी मिल नजिक रहेको बिआइटी कलेज भन्दा ६०० मिटर पश्चिमको दुरीमा हत्या गरिएको बालकको शव भेटिएको हो । मृतकका आँखा, पेट र हातमा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए।

बुधबार साँझ साथीहरुसँग वीरगन्ज माइस्थान र घण्टाघरमा लागेको मेला हेर्न राधेमाई डेराबाट निस्केका राजन अबेर राति घर नफर्केपछि परिवारजनले प्रहरीमा खबर गरेका थिए। तर आज बिहान यस्तो घटना हुँदा आफूहरुलाई विश्वास नलागेको आफन्त अजय पटेलले जानकारी गराए। प्रहरीले उनीसँग मेला हेर्न गएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell