PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

सरकारको निर्णय : बाढी पीडितलाई दसैंअघि १५ हजार



पहिलोपोस्ट

सरकारको निर्णय : बाढी पीडितलाई दसैंअघि १५ हजार

काठमाडौं : मन्त्रिपरिषद्ले सरकारका सहसचिव र उपसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कनका लागि गठित समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाइ नियुक्त गरेको छ।

समितिले सहसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कन गर्ने तथा नेतृत्व विकास लगायतका विषयमा परामर्श दिनेछ।
त्यस्तै बसेको बैठकले वन मन्त्रालय मातहत रहेका ४ सय ५० वनपालेको अस्थायी दरबन्दी यथावत् राख्दै लोकसेवा आयोगको परामर्शमा पछि निर्णय लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले बाढी पीडितलाई दसैँ अघि थप १५ हजार दिने निर्णय समेत गरेको छ। यसअघि दश हजार उपलब्ध गराइएकोमा जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा थप १५ हजार उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता सुरेन्द्र (राम) कार्कीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell