PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

सर्पदंशबाट छोराको मृत्यु भएको भन्दै आमाद्वारा सरकारविरुद्ध मुद्दा



पहिलोपोस्ट

सर्पदंशबाट छोराको मृत्यु भएको भन्दै आमाद्वारा सरकारविरुद्ध मुद्दा

मेलबोर्न : तीन वर्षअघि सर्पदंशका कारण मेलबोर्नमा बस्दै आएकी ४१ वर्षीया चिनियाँ महिलाको छोराको मृत्यु भयो। सोही घटनालाई लिएर उनले अहिले अस्ट्रेलियाली सरकार र अर्को एक व्यापारिक संस्थाविरुद्ध मुद्दा दायर गरेकी छिन्।
 
स्थानीय मेलबोर्न स्कुलमा अध्ययनरत उनका ७ वर्षीय छोरा सन् २०१३ को अक्टोबरमा विद्यालयको शैक्षिक भ्रमणका क्रममा मेलबोर्नबाट दक्षिणपूर्व ५० किलोमिटर टाढा पर्ने माउण्ट मोर्टन क्याम्प गएका थिए। दुर्भाग्यवश त्यहाँ एउटा सर्प (इस्टर्न ब्राउन स्नेक) ले उनलाई टोक्यो। शरीरभरि विष फैलिएकाले मुटुको गति अवरुद्ध भई स्थानीय रोयल चिल्ड्रेन्स हस्पिटलमै उनको मृत्यु भयो।
विश्वमा पाइने विभिन्न प्रजातिका विषालु सर्पमध्ये अस्ट्रेलियाली इस्टर्न ब्राउन दोस्रो श्रेणीमा पर्छ।
 
सरकारले सरीसृप वन्यजन्तुको भरपर्दो व्यपस्थापन गर्न नसकेको आरोप लगाउँदै हाल आएर बाकलकी आमाले अस्ट्रेलियाली सरकारविरुद्ध मुद्दा दायर गरेकी छिन्। साथै, अतिथिको समुचित सुरक्षा गर्न लापरबाही गरेको आरोपमा उनले माउण्ट मोर्टन क्याम्प सञ्चालक कम्पनीलाई पनि विपक्षी बनाई छुट्टै मुद्दा हाल्दैछिन्।
 
सरकार विरुद्ध इलाका अदालत (काउन्टी कोर्ट अफ भिक्टोरिया) मा दायर गरेको मुद्दाको फिरादपत्रमा छोरोको मृत्युशोकले गर्दा उनको सोच, विचार गर्ने क्षमतामा ह्रास आई आयआर्जन समेत स्वाट्टै झरेको कारण देखाइएको छ। सोको क्षतिपूर्तिबापत ठूलै रकम माग दाबी पनि गरिएको स्थानीय सञ्चार माध्यम फेयरफ्याक्सले जनाएको छ।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell