
भारतका पूर्व मुख्य निर्वाचन आयुक्त एस वाई कुरैशी र नेपालकी वर्तमान निर्वाचन आयुक्त इला शर्मा विवाह बन्धनमा बाँधिने भएका छन्।
गत वर्ष मेक्सिकोमा भएको भेटपछि यी दुईबीच सम्बन्ध अगाडि बढको थियो। बिस्तारै उनीहरुबीच प्रेम झाँगिन थाल्यो। सन् २०१५ को सेप्टेम्बरमा मेक्सिकोमा मनी इन पोलिटिक्स कार्यक्रममा ६९ वर्षीय कुरैशी र ४९ वर्षे इलाको भेट भएको थियो। त्यसपछि दुई जनाबीचको सम्बन्ध नजिकिएको कुरैशीले बताएका थिए। विवाहका लागि इलालाई दुई पटकसम्म प्रस्ताव राखे पनि त्यो रोकिँदै आएको उनले बताए।
यो सम्बन्धपछि दुवैले आफ्नो परिवारमा केही समस्याको सामना गर्नुपर्ने टेलिग्राफ इन्डियाले उल्लेख गरेको छ।
सेन्ट स्टेफेन कलेज दिल्लीबाट पढाइ पूरा गरेका कुरैशीको पत्रकार हुम्रा कुरैशीसँग डिभोर्स भइसकेको छ।
गोरखपुर युनिभर्सिटी र सम्पूर्णनान्द संस्कृत युनिभर्सिटीबाट पढाइ सकेकी इलाले भने माओवादी द्वन्दका क्रममा १५ वर्षअघि पति गुमाइसकेकी छिन्।