PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

तीन दल नमिली केही हुनेवाला छैन : झलनाथ खनाल



पहिलोपोस्ट

तीन दल नमिली केही हुनेवाला छैन : झलनाथ खनाल

भक्तपुर : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा मुख्य तीन दल मिल्नुको विकल्प नभएको बताएका छन्।
 
नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले आज सूर्यविनायकमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिले संविधान कार्यान्वयन गर्नुपर्ने मुख्य समय भएको बताए। 'यो समयमा कांग्रेस, माओवादीको गठबन्धन सरकारले मात्रै सम्भव छैन, तीन दल नमिलेसम्म संविधान कार्यान्वयनमा सङ्कट आउँछ,' उनको भनाइ थियो।
 
मुख्य तीन दलमध्येका दललाई नै बेवास्ता गर्दै अगाडि बढेर सत्ता पक्षले राष्ट्रलाई अधोगतितर्फ लैजान लागिरहेको उनले जिकिर गरे।
 
आगामी दिनमा हुने तीन वटै निर्वाचन एमालेका लागि चुनौती र अवसर भएकाले एकढिक्का भएर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए।
 
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सोम मिश्र, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटा, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउवा लगायतले संविधान कार्यान्वयनलाई पार्टीले मुख्य कार्यका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell