PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

बिहेको आश्वासनमा १० वर्षदेखि यौनशोषण, प्रेमीले धोका दिएपछि न्यायको खोजीमा



पहिलोपोस्ट

गाईघाट (उदयपुर) : उदयपुरको हँडिया गाविस बस्ने २८ वर्षकी एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका प्रेमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन्।
 
विवाह गर्छु भन्दै १० वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिएको उनको भनाइ छ। बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ का देवनकुमार राईले आफूलाई धोका दिएको उनले पत्रकार भेटघाटमा बताइन्।
 
१० वर्षअघि हँडियाबाट त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा अध्ययनका लागि उनीहरु एकै घरमा डेरा लिएर बस्थे। एक रात देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी गरेपछि प्रतिकारस्वरुप प्रहरीमा निवेदन दिन खोज्दा विवाह गर्ने प्रतिबद्धता जनाएपछि आजसम्म आफूहरुबीच श्रीमान् र श्रीमतीको अनौपचारिक सम्बन्ध रहँदै आएको उनले बताएकी छिन्।
 
अहिले आएर देवनले आफूसँग विवाह गर्न नसक्ने भनेर इन्कार गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयसहित अधिकारकर्मी तथा पत्रकार र सञ्चारकर्मीको साहारा लिन बाध्य हुन परेको पीडितको भनाइ छ।
 
अहिले अर्कै युवतीसँग लागेर आफूलाई अस्वीकार गर्न लागेको र त्यसो नगर्न अनुरोध गर्दा पीडकले कुट्ने पिट्ने धम्की दिने गरेको पनि उनले बताइन्।
 
यस विषयमा उदयपुरका मानव अधिकारकर्मी भरत खड्का र महिला अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष महेश्वरी राईले यो घटनामा देवन दोषी रहेकाले उनलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell