PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

चाडपर्वले दलहरुलाई एक हुने वातावरण मिलाइदेओस् : सभामुख



पहिलोपोस्ट

चाडपर्वले दलहरुलाई एक हुने वातावरण मिलाइदेओस् : सभामुख

काठमाडौं : सभामुख ओनसरी घर्तीले चाडपर्वको अवसरमा दलहरुबीच एक हुने वातावरण बन्ने आशा लिएकी छन्।
 
विगतमा पनि दलहरुबीच चाडपर्वका बेला आयोजना हुने कार्यक्रमबाट मेलमिलापको वतावरण बन्ने गरेको स्मरण उनले गरिन्।
 
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित चियापान कार्यक्रममा उनले चाडपर्वलाई पनि राजनीतिक सहमतिको आधारमा मनाउन आग्रह गरिन्। 'दलहरु विगतमा पनि महत्वपूर्ण निर्णयमा एक भए, चाडपर्वको अवसरमा दलहरुबीच एक छन् भन्ने विश्वास छ', घर्तीले भनिन्।
 
यसैबीच सभामुख घर्ती शुक्रबार थाइल्याण्ड प्रस्थान गर्ने भएकी छिन्। पति वर्षमान पुनको स्वास्थ्य उपचार र आफ्नो स्वास्थ्य चेकअपका लागि उनले थाइल्याण्ड जान लागेको बताइन्।
 
जण्डिसबाट पीडित बनेका वर्षमान पुनले यसअघि पनि थाइल्याण्डमा उपचार गराउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell