PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

आँबुखैरेनीको प्रभाव नारायणगढ-मुग्लिन सडकमा, लाग्यो गाडीको लाम



पहिलोपोस्ट

आँबुखैरेनीको प्रभाव नारायणगढ-मुग्लिन सडकमा, लाग्यो गाडीको लाम

  • सरिता पौडेल
चितवन : तनहुँको आँबुखैरेनी नजिकै खसेको पहिरोको प्रभाव नारायणगढ-मुग्लिन सडकखण्डमा पनि परेको छ। हिजो बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड अवरुद्ध भएपछि नारायणगढबाट पोखरा जाने सवारी साधनको लामो लाइनले नारायणगढ-मुग्लिनमा प्रभाव परेको हो।
 
चितवन ट्राफिक प्रहरीका अनुसार मुग्लिनदेखि ११ किलोमिटर नारायणगढतर्फ सिमतालसम्म र उता कुरिनटारसम्म लाइन लागेको छ। यो खण्डमा यात्रुहरु अलपत्र परेका छन्। पहिरो हटाउन र गाडीको जामलाई व्यवस्थित गर्न चितवनबाट सबै जनशक्ति खटिएको ट्राफिक प्रहरीले जनाएको छ। चितवनतर्फ कुनै समस्या नभए पनि आँबुखैरनीको पहिरोका कारण प्रभाव परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख बसन्त कुँवरले बताए।
 
आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिकै पहिरो गएको हो। मंगलबार राति परेको वर्षाका कारण हिजो बिहान पहिरो झरेपछि अवरुद्ध बनेको बाटोको पहिरो हटाउनका लागि दुई वटा डोजरले काम गरिरहेको प्रहरी कार्यालय आँबुखैरेनीका असई विजय यादवले जानकारी दिए। उनले एकतर्फी बाटो सञ्चालन भइरहेको र पहिरो हटाउने काम पनि सँगसँगै गरिएको बताए।
 
पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीन वटा पानीट्याङ्क र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको छ। (आँबुखैरेनीको ऐनापहरामा खसेको पहिरो, फोटो : रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell