PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

नारायणगढ-मुग्लिन सडकको ४१ ठाउँ पहिरोको जोखिममा



पहिलोपोस्ट

नारायणगढ-मुग्लिन सडकको ४१ ठाउँ पहिरोको जोखिममा

  • सरिता पौडेल
चितवन : निर्माणाधीन अवस्थामा रहेको नारायणगढ-मुग्लिन सडकखण्ड ४१ ठाउँ पहिरोको जोखिममा रहेको छ।
 
यो सडकको ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेकोमा १० ठाउँमा भने डेढ महिनायता पहिरो खसेको छैन। मुग्लिनबाट ४ किमी नारायणगढतर्फ चोर खोला बाहेकका ठाउँमा पहिरो खस्न रोकिएको प्रहरीले जनाएको छ।
 
नारायणगढ–मुग्लिन सडकखण्डमा दसैंको यात्रा सहज बनाउन तीन हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए। सडकमा भएका खाल्टाखुल्टी पुरिएका छन् भने खाल्टो परेका कालोपत्रे सडकमा पनि गिट्टी भरेर कालोपत्रे गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए।  आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिन नजिक काम सकिएको छ। यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ। सो सडकको दासढुङ्गा मोडको पहाड काट्नका लागि छोडिएको ढिस्को पनि सफा गरेर दुईतर्फी सवारी सञ्चालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell