PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

व्यवसायी भन्छन्- 'बिपी राजमार्ग कसैको पेवा हो?



पहिलोपोस्ट

व्यवसायी भन्छन्- 'बिपी राजमार्ग कसैको पेवा हो?

काठमाडौं : बिपी राजमार्गलाई निश्चित समूहले पेवाको रुपमा कब्जामा लिएर सवारी साधन सञ्चालन गर्न खोजेको भन्दै यातायात व्यवसायीले विरोध जनाएका छन्।
 
उच्च गुणस्तरको सडक निर्माण भए पनि आम जनताको पहुँचभन्दा बाहिर राखेर निश्चित समूहले एकाधिकारपूर्ण रुपमा सडक कब्जामा लिएको उनीहरुको आरोप छ। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विस्तृत अध्ययन गरी २६ सिट भएका सवारी साधन सञ्चालन गर्न मिल्ने प्रतिवेदन बुझाएको थियो।
 
अध्ययनका अनुसार ४२२५ एमएम ह्ल्सिवेश भएका सवारी साधन चलाउन मिल्ने अध्ययन प्रतिवेदनअनुसार सवारी चलाउन रोकेर सर्वसाधरण यात्रुप्रति अन्याय भएको उनीहरुको ठहर छ। धरान न्यु कोसी सुपर यातायात र मेची-कोसी सरोकार व्यवसायीले विज्ञप्ति जारी गर्दै साना र महँगा गाडी मात्रै चल्न दिने प्रपञ्च भएको आरोप लगाएको छ।
 
व्यवसायीका अनुसार सुरक्षाको हिसाबले पनि पछाडि एकल टायर भएका सवारी साधनहरु भन्दा डबल टायर भएका र आयल ब्रेक भएका सवारी साधनभन्दा एयर ब्रेक भएका सवारी साधनहरु बढी सुरक्षित मानिन्छ। तर केही व्यवसायीको लहडका कारण निजी र महँगा गाडी मात्रै चल्ने वातावरण बनेको छ। नारायणगढ-मुग्लिन सडकखण्डको सडकको दुरावस्था रहेको अवस्थामा बिपी राजमार्गमा ठूला सवारी चलाउन नदिएर आम यात्रुलार्इ प्रताडित बनाएको उनीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell