PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

डा. केसीलाई गगन थापको आग्रह- 'माग सम्बोधन हुँदैछन्, अनसन फिर्ता लिनुस्'



पहिलोपोस्ट

डा. केसीलाई गगन थापको आग्रह- 'माग सम्बोधन हुँदैछन्, अनसन फिर्ता लिनुस्'

काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई अधिकांश माग पूरा हुने प्रक्रियामा रहेको भन्दै अनसन फिर्ता आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री थापाले आफूले मन्त्रालय सम्हालेपछि ४० दिनको अवधिमा गरेका कामका बारेमा जानकारी दिँदै केसीलाई अनसत तोड्न आग्रह गरे।

'डा केसीले उठान गर्नुभएका माग पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले साथ दिएको पनि छु,' उनले भने, 'अहिले त्यही माग पूरा गर्नेमध्ये एउटा जिम्मेवारीमा छु, ती माग सम्बोधन क्रममा छन्।'
 
डा केसीको पछिल्लो मागमा चिकित्सा शिक्षा ऐन तयार भई संसदमा पेस भएको उनले जानकारी गराए। मेडिकल काउन्सिलको बैठक तुरुन्त डाक्न निर्देशन दिएको र सङ्घीयता अनुरुप स्वास्थ्य सेवालाई रुपान्तरण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको मन्त्री थापाको भनाइ छ।
 
औषधिको आपूर्ति र नियमितता, औषधिको गुणस्तर, अस्पताल आफैंबाट औषधि पसलको सञ्चालन, मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखसँग कार्य मूल्याङ्कन सम्झौता, दरबन्दी खाली रहेका स्थानमा करारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको नियुक्ति जस्ता कार्य भएको पनि उनले बताए।
 
केसी नवौं अनसनको दसौं दिनमा छन्। पटक पटकको अनशनले गर्दा उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ। उनको मुटु, पिसाब र रगतमा समस्या देखिन थालेको उपचारमा संलग्न डा दिव्या सिंहको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell