PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दीपेन्द्रको 'घामपानी'सँग भिड्दै 'लभ लभ लभ' र 'राधे'



पहिलोपोस्ट

दीपेन्द्रको 'घामपानी'सँग भिड्दै 'लभ लभ लभ' र 'राधे'

काठमाडौं : २०७४ वैशाख १ गते तीन नेपाली चलचित्रको भिडन्त हुने भएको छ। दीपेन्द्र लामा निर्देशित 'घामपानी', दीपेन्द्र के खनाल निर्देशित 'लभ लभ लभ' र सुशिल पोखरेल निर्देशित 'राधे' एकै साथ प्रदर्शनमा आउने भएका हुन्।
 
दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म घामपानी वैशाख १ गते, दयाहाङ राईको जन्मदिन पारेर सार्वजनिक गर्न लागेको निर्देशक लामाले बताए। फिल्मको सिन्धुलीमा छायांकन भइरहेको छ।

फिल्ममा फुर्वा तामाङको रुपमा दयाहाङ र तारा शर्माका रुपमा केकी अधिकारी देखिँदैछन्। उनीहरु बीच प्रेम हुन्छ। अन्तरजातीय प्रेमले निम्त्याउने अवस्था नै फिल्मको मुख्य विषय हो।
 
घामपानीको ५० प्रतिशत छायांकन सकिएको निर्माण पक्षले जनाएको छ।
 
घामपानीको प्रदर्शन मिति घोषणा भएको दुई दिनअघि फिल्म 'लभ लभ लभ'को वैशाख एक गते सोलो रिलिजको दाबी गरिएको थियो।  स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, आयन खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथा देखाइएको फिल्म देशभरका हलहरुमा एक्लै उत्रिन लागेको निर्देशक खनालको दाबी थियो। तर नयाँ वर्षको दिन घामपानी र लभ लभ लभ मात्र नभएर अर्को फिल्मले पनि प्रदर्शन  मिति सार्वजनिक गर्‍यो।
 
छायांकनको क्रममा रहेको फिल्म 'राधे' पनि वैशाख १ गते नै आउने भएको हो। फिल्ममा निखिल उप्रेती र नायिका प्रियंका कार्कीको प्रमुख भूमिका रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell