PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आर्थिक लेनदेनमा प्रहरीले छाड्यो प्रतिबन्धित औषधि, डिएसपीको दाबी- 'समातेको जानकारी भएन'



राधेश्याम पटेल

आर्थिक लेनदेनमा प्रहरीले छाड्यो प्रतिबन्धित औषधि, डिएसपीको दाबी- 'समातेको जानकारी भएन'

वीरगन्ज : पर्सा प्रहरीले बरामद गरेको प्रतिबन्धित कम्पनीको औषधि आर्थिक लेनदेन गरी छाडेको रहस्य खुलेको छ।
 
वीरगन्जको विर्तास्थित वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालय अगाडिबाट पर्सा प्रहरीको अपराध शाखाको टोलीले दुई लाख मूल्य बराबरको प्रतिबन्धित औषधि बुधबार साँझ नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार बरामद गरी छाडिएको औषधि ‘एसआर’ र ‘टौरस’ कम्पनीको हो। यसअघि औषधी विभागले यी दुई कम्पनीको उत्पादन तथा उत्पादित औषधि बिक्रीमा रोक लगाई कम्पनीको खाता समेत बन्द गराइसकेको छ।
 
यी कम्पनीका प्रतिनिधिहरूले पसलमा औषधि पुर्‍याउन जाँदा प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि प्रहरीले बार्गेनिङ गरी आर्थिक लेनदेनमा औषधि छाडेको स्रोतको भनाइ छ।
 
औषधि बनाउन आयातित ‘सिउडोइफेड्रिन’ अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीलाई बेचेको आरोपमा दुई कम्पनीलाई विभागले जिएमपी (गुड म्यानुफेक्चर प्रोडक्ट) बन्द गरेको हो। तर वीरगन्जमा रहेका एसआर कम्पनीका बिक्रेताले उक्त औषधि बाहिर पठाउन लागेको बेला गोप्य सूचनाको आधारमा बरामद गरेको थियो।
 
कम्पनीको उत्पादन तथा बैंक खाता रोक लगाएको अवस्थामा बजारमा स्टकमा रहेका औषधि यसरी बिक्री भइरहेको छ। वीरगन्जमा रहेका यी दुई कम्पनीहरुका थोक बिक्रेताले प्रतिबन्धित औषधि पनि एसआरको नाउँमा नै बिलिङ गरी बेचिरहेका छन्।
 
दुवै कम्पनीका सञ्चालक एउटै रहेका छन्। हाल सञ्चालक परिवार नेपालबाट भागेर भारतमा बस्दै आएका छन्। यसअघि, आर्य फर्मास्युटिकल्सका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइरहेको छ।
 
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने औषधि पक्राउ नपरेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell