PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

आज बडादसैंको छैटौं दिन, कात्यायिनीको विशेष पूजा गरिँदै



पहिलोपोस्ट

आज बडादसैंको छैटौं दिन, कात्यायिनीको विशेष पूजा गरिँदै

काठमाडौं : हिन्दुहरुको महान चार्ड बडादसैं अन्तर्गत आज नवरात्रीको छैटौं दिन। आज अष्टमातृका भगवतीको छैटौं शक्तिका स्वरुपमा कात्यानीको पूजाअचर्ना गरी मनाइँदैछ।
 
धर्मशास्त्रअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिकी छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको हो। आजको दिन देवीको पूजा गरे रोग, शोक, भय, दुट्ठख, दरिद्र जस्ता संकटको नाश भई परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ।
 
नवरात्रको छैटौं दिन आज कात्यायिनी भगवतीको पूजाका लागि देशभरका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। उपत्यकाका गुहेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्‍वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा भक्तजनको भिड लागेको छ। दाङको अम्बीकेश्वरी, सल्यानको खैरावाङ भगवती, नेपालगन्जको बागेश्‍वरी, सप्‍तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्ध्यवासिनी, डोटीको शैलेश्‍वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई लगायतका शक्तिपीठमा पनि रौनक छाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell