PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​विश्वकप छनोट : स्पेन र इटलीले बराबरी खेले, क्रोएसियाको शानदार जित



पहिलोपोस्ट

​विश्वकप छनोट : स्पेन र इटलीले बराबरी खेले, क्रोएसियाको शानदार जित

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटका गएराति भएको खेलहरुमा शीर्ष टोलीले बराबरी खेलेका छन्। 

निकै प्रतिक्षित मानिएको समूह जी को खेलमा इटली र स्पेनले १-१ गोलको बराबरी खेलेका छन्। टोरिनोमा भएको खेलमा भिटोलोले ५५ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोली स्पेनलाई अग्रता दिलाएका थिए। तर ८२ औं मिनेटमा ड्यानियल डे रोसीले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरी गरेका हुन्। बराबरीपछि दुवै टोलीको समान ४ अंक भएको छ। 

लिचटेन्स्टाइनलाई २-० ले पराजित गर्दै अल्वानिया समूह जी को शीर्ष स्थानमा छ। अल्वानियाको यो लगातार दोस्रो जित हो। यसै समूहको अर्को खेलमा इजरायलले मेसोडोनियालाई २-१ ले हरायो। 

यस्तै समूह बी को खेलमा मार्को अर्नाउटोभिकले दुई गोल गरेपछि अष्ट्रियाले वेल्ससँग २-२ गोलको बराबरी खेलेको छ। वेल्सले दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा रोकियो। वेल्सका लागि जोए एलनले एक गोल गर्दा अष्ट्रियाका केभिन विमरले एक आत्मघाती गोल उपहार दिएका थिए।

समूह बी कै अन्य खेलमा आयरल्याण्डले जर्जियालाई १-० ले पराजित गर्दा सर्वियाले माल्डोभालाई ३-० ले हरायो।

यता समूह आई अन्तर्गत प्रतिस्पर्धात्मक खेलमा आइसल्याण्डले फिनल्याण्डलाई ३-२ ले पराजित गर्‍यो। अर्को खेलमा क्रोसियाले कोसोभलाई ६-० ले हरायो। क्रोएसियाको सहज जितमा मारियो मान्डुकिचले ह्याट्रिक गरे भने माटेज मिर्टोभिक, इभार पेरिसिक र निकोला कालिनिकले एक एक गोल गरे।

युक्रनेले भने दुई गोलको अग्रता जोगाउन नसक्दा टर्कीसँग २-२ गोलको बराबरी खेलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell